लुम्बिनी प्रदेश खाद्यान्न उत्पादन र बीउ उत्पादनमा अग्रणी रहेको प्रदेश हो।   मूल बीउ उत्पादन गर्ने अनूमतीपत्र लिएका, अन्य बीउ उत्पादक तथा बीउ ब्यवसायीहरूको संख्या बढी रहेको छन्। खाधान्न, दलहन, तेलहन, तरकारी, पुष्प, घाँस लगायतका बालीहरूको बीउ उत्पादन जोनिङ्ग सहित जान सकिने संभावना रहेको (उच्च पहाड, मध्य पहाड तरकारी, तराई खाद्यान्न बीउ उत्पादन संभावना भएको) यस प्रदेश नेपालको मध्यक्षेत्र, भारतको सीमना छोएको हुनाले उत्पादित गुणस्तरीय वीउ निर्यातको संभावना पनि उत्तिकै रहेको छ।

बीउ बिजनको गुणस्तर नियन्त्रण र नियमन गरी गुणस्तरिय बीउ बिजनमा कृषकहरुको सहज पहुँच स्थापित गर्दै कृषिको उत्पादन तथा उत्पादकत्व अभिबृद्धि गर्ने उद्धेश्यका साथ विक्रम संबत् २०३५ सालमा तत्कालिन कृषि सेवा केन्द्र, भैरहवा अन्तर्गत बीउ परीक्षण प्रयोगशालाको नामबाट हालको बीउ बिजन प्रयोगशालाले आफ्नो कार्यको थालनी गरेको थियो । तत्पश्चात् आ.व. २०४९/५० मा कृषि विकास मन्त्रालयको ढाँचामा परिवर्तन भएसँगै छुट्टै अस्तित्वको रुपमा क्षेत्रीय बीउ बिजन प्रयोगशाला, भैरहवा नामाकरण भै देशको बदलिदो संरचना अनुसार क्षेत्रीय बीउ बिजन प्रयोगशाला, भैरहवा नाम रहन गएको हो र नेपाल संघीयतामा गई सके पश्चात् मिति २०७५।११।१२ मा यो प्रयोगशालाको नया नामाकरण गरी बीउ बिजन प्रयोगशाला भई लुम्बिनी प्रदेश सरकार अन्तरगत कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको कृषि विकास निर्देशनालय मातहत रहेको छ।यसै सन्दर्भमा यस प्रयोगशालाले प्रदेशस्तरमा बीउ बिजन क्षेत्रको विकास गर्न बीउ बिजन नीति तथा कार्यक्रम तर्जुमाका लागि आवश्यक सुझाव दिन र कृषक वर्गलाई गुणस्तरीय बीउ बिजन सहज रुपमा उपलब्ध गराई राख्न विभिन्न सरोकारवाला निकायहरुसँग अन्तर निकाय समन्वय कायम राख्दै आएको छ।साथै, बीउ बिजनको गुणस्तर नियमनका लागि यस प्रयोगशालाले बीउ बाली खेत निरिक्षण, बीउ बिजन नमूना परीक्षण, विभिन्न प्रयोगशालाबाट प्राप्त हुने रेफ्री तथा क्रसचेक नमूना परीक्षण, बीउ भण्डारण, बीउ प्रमाणीकरण, बीउ वजार अनुगमन निरीक्षण तथा नमूना संकलन परीक्षण मूख्य कार्यहरू रहेका छन् भने गुणस्तरीय बीउ बिजन उत्पादन, प्रशोधन, भण्डारण सम्बन्धी कृषक तथा ब्यवसायीहरुलाई तालिम, बीउ बिजन गुणस्तर नियन्त्रण सम्बन्धि घुम्ती तालिम तथा बीउ बिजन प्रविधि प्रसारसँग सम्बन्धित अन्य कार्यक्रमहरु आवधिकरुपमा निरन्तर संचालन गर्दै आईरहेको छ।

रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि करिब ३ किलोमिटर उत्तर ओमसतिया गाउँपालिका, वडा नम्वर २ मा रहेको यस प्रयोगशाला राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवा नजिग अवस्थित रहेको छ ।