यस प्रयोगशालाको मुख्य कार्यहरू यस प्रकार रहेका छन् : 

(1) प्रचलित कानून बमोजिम तोकिएको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरू परीक्षण, बीउ बाली निरीक्षण तथा बीउ  बिजन प्रमाणीकरणका कार्यहरू,

(2) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले पठाएको मध्यस्थ नमूना र विभिन्न प्रयोगशालाहरुसंग क्रसचेक नमूना परीक्षण,

(3) बीउ भण्डारण, गोदामघर र बीउ प्रशोधन निरीक्षण,

(4) बीउ बजार अनुगमन तथा गुणस्तर नियन्त्रण,

(5) बीउ बिजन गुणस्तर नियन्त्रणसँग सम्बन्धित तालीम,

(6) बीउ उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमा संलग्न कृषक समूह, कृषि सहकारी संस्था र बीउ बिजन कम्पनीहरुलाई  सरकारले बीउ बिजनको क्षेत्रमा समय समयमा लागू÷परिमार्जन गरेका ऐन, नियमावली, निर्देशिका, कार्यविधिहरुको बारेमा जानकारी गराउन स्थलगत तथा प्राविधिक तालीम÷गोष्ठी,

(7) बीउ बिजन उत्पादन कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण,  

(8) बीउ प्रमाणीकरण गरिने वा उन्मोचित बालीका जातहरुको जातीय परीक्षण संचालन,

(9) गुणस्तरीय तथा उन्नत बीउ बिजनहरुको उत्पादन र प्रयोगका लागि प्राविधिक सेवा तथा प्रचार प्रसारका कार्यहरु ।